स्याङ्जा जिल्लाको जिल्ला दररेट अा.व. २०७४।०७५ स्याङ्जा जिल्लाको जिल्ला दररेट अा.व. २०७४।०७५ भूकम्पको प्रवलीकरण Retrofitting मा परेका लाभग्राहीहरूको नामावली अा‍व‍ ०७४।०७५ काे ढु‌‌‌‌ङ्गा गिट्टी बालुवाकाे टेण्डर सम्बन्धी सूचना सार्वजनिक बडाबड सम्बन्धी सूचना | दरभाउ अाव्हान सम्बन्धी सूचना अा.व. ०७४।०७५ (पटके सवारी, पशु जन्य अादि) जिल्ला समन्वय समिति, स्याङजा अन्तर्गतका स्थानीय तहको विवरण जिल्ला विकास समितिको कार्यालय, स्याङ्जाबाट जारी अपिल स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समिति स्याङ्जाको अपिल स्थानीय तह पुनर्संरचना सम्बन्धी परिमार्जित प्रस्तावना (मुख्य खण्ड)

संक्षिप्त परिचय

जिल्लाको परिचय

नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल अन्तर्गत पर्ने स्याङ्जा जिल्ला एक पहाडी जिल्ला हो । पूर्वमा तनहुँ, पश्चिममा गुल्मी र पाल्पा, उत्तरमा पर्वत र कास्की तथा दक्षिणमा पाल्पा (काली गण्डकी नदी) अवस्थित छ । यस जिल्लाको कुल क्षेत्रफल १०३७.४६ वर्गकिलोमिटर रहेको छ । यो जिल्ला समुद्र सतहबाट ३६६ मिटर (केलादी) देखि २५१२ मीटर (पञ्चासेको) लेक सम्मको उचाइमा रहेको यस जिल्लाको भौगोलिक र प्राकृतिक स्वरूप विविधायुक्त छ । जिल्लाको पूर्व पश्चिम लम्बाई २२.५०८ देखि ५२.३५५ कि.मि. सम्म रहेको छ । उत्तर दक्षिण चौडाई २७.३३ देखि ३७.८३९ कि मी रहेको छ । जिल्लाको कुल क्षेत्रफल मध्ये २.९६ प्रतिशत लगभग समथल, ३.८३ प्रतिशत मध्यम भिरालो , ०.४५ प्रतिशत अलिकति उतार चढाव भएको, २.४४ प्रतिशत बढि उत्तार चढाव भएको, ४५.९६ प्रतिशत भिरालो पहाडी क्षेत्र र ४४.३४ प्रतिशत अति भिरालो क्षेत्र रहेको छ ।

सिमाना तथा राजनैतिक विभाजन
हाल यस जिल्लामा ४ नगरपालिका र ५३ वटा गाविसहरू रहेकोमा १५ वटा इलाकाहरू र ३ वटा संसदीय  निर्वाचनहरूमा विभाजन गरिएको छ ।हाल स्याङ्जा नेपालको सबै भन्दा ठूलो जल विद्युत परियोजना– कालीगण्डकी ए (१४४ मेगाबाट), सबै भन्दा ठूलो पहाडी सिंचाई योजना –चापाकोट टार सिंचाई योजना (१०० हेक्टर) नेपालको पहिलो नमूना ग्रामीण पर्यटन गाउँ पञ्चमूलको सिरुवारी, नेपालकै नमूना मानिने पाल्पा र स्याङ्जाको सिमानासँग जोड्ने  कालीगण्डकी नदी माथि रहेको राम्दीको पुल र दुध सुन्तला अदुवा र कफी उत्पादन गर्ने जिल्लाको स्वरूपमा आफ्नो पहिचान स्थापित गरिसकेको छ । यातायातको दृष्टिकोणले स्याङ्जा सुगम पहाडी जिल्ला भित्र पर्दछ ।

आधारभुत जनसांख्यिक विवरण
जनसंख्या तथा वृद्धिदर

२०६८ सालको जनगणना अनुसार यस जिल्लाको कुल जनसख्या २,८९,१४८ मध्ये पुरुष १,२५,८३३, र महिला १,६३,३१५ रहेका छन् । कुल जनसख्ंयामध्ये जनजातिको संख्या ३३.७९ प्रतिशत, दलित जातिको संख्या १५.७६, ब्राम्हण ३०.८८ प्रतिशत, क्षेत्री ११.५३ प्रतिशत, ठकुरी २.४५, सन्यासी, ०.५७, मुस्लिम ०.६९ रहेका छन् । त्यस्तै धर्मको आधारमा हिन्दु ९०.२१ प्रतिशत, बौद्ध ७.४४ प्रतिशत, वोन १.२९ प्रतिशत, ईस्लाम ०.६८ प्रतिशत, क्रिश्चियन ०.२० प्रतिशत, प्राकृतिक ०.०१ प्रतिशत, किराँत ०.०१ प्रतिशत, बहाइ ०.००२ प्रतिशत र कुनै पनि धर्म नमान्ने ०.१६ प्रतिशत रहेको छ । जिल्लाको जनघनत्व २०६८ अनुसार २४८ प्रति वर्ग किलोमिटर रहेको देखिन्छ । यस जिल्लामा मगर, गुरुङ, नेवार, घर्ति÷भुजेल, कुमाल, माझी, थारु, तामाङ, राई, थकाली, लिम्बु, शेर्पा, गनगाई, राजी, धिमाल, ब्रमु लगायत विभिन्न जनजाति र दलित समुदायको बसोवास पाइन्छ ।

२० देखि ४९ वर्षका पुरुषहरुको संख्या महिलाको सोही उमेर समूहको तुलनामा निकै कम देखिन्छ । यसो हुनुको कारण सो उमेर समूहका मानिसहरु लामो समयका लागि वसाई सरेको अवस्था हुन सक्दछ । आर्थिक रुपमा सक्रीय उमेरका पुरुषहरु जिल्लामा तुलनात्मक रुपमा कम भएको कारण स्थानीय आर्थिक विकासमा यसले नकारात्मक प्रभाव पार्न सक्ने देखिन्छ । यसै गरी ११ देखि १९ वर्ष उमेर समूहमा सवै भन्दा ठुल्लो जनसंख्याको हिस्सा देखिएकोछ जुन जस्ले जिल्लाको जनसंख्याको प्राकृितक रुपमा हुने वृद्धिदर देखाउँदछ भने ९ वर्ष भन्दा कम उमेर समूहमा तुलनात्मक रुपमा घट्दो जनसंख्याले जिल्लाको जनसंख्या वृद्धि न्यून हुदै जाने संकेत गर्दछ ।

Brief_introduction


Skip to toolbar