सार्वजनिक सुनुवाइ कार्यक्रम-अा.व. ०७३।७४ प्रथम चाैमासिक

स्थानीय निकायबाट उपलब्ध सेवा वस्तु र सुविधाका सम्बन्धमा सेवाग्राही नागरिकले उठाएका प्रश्नहरुमा स्पष्टता ल्याउने र नागरिकहरुबाट प्राप्त रचनात्मक सुझावहरुलाई ग्रहण गर्ने एवं दोहोरो संम्वादबाट सेवा प्रदायक र सेवाग्राही बीचको दुरी कम गरी सेवा वस्तु र सुविधा प्रदायक अधिकारी सहजकर्तामा रुपान्तरित भई सुशासनको प्रत्याभूति दिने मूल मर्मका साथ यहि ०७३ कार्तिक २९ गतेका दिन विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्ममा चिलाउनेबास गा.वि.स. वडा नं. ४ स्थित जनप्रदिप उच्च मा.वि., चिलाउनेभाटीमा देहाय बमोजिमको विषयमा सार्वजनिक सुनुवाइको आयोजना गरिएको व्यहोरा सम्पूर्ण सरोकारवाला महानुभावहरुमा जानकारी गराउँदै सरोकारवाला सम्पूर्णमा सादर उपस्थितिका लागि हार्दिक अनुरोध समेत गर्दछौं ।सार्वजनिक सुनुवाईको लागि निर्धारण गरिएका विषयहरु ः१) अघिल्लो पटकका सुनुवाईमा प्रतिबद्धता व्यक्त गरिएका विषय

२) नागरिक प्रतिवेदन र निर्गम अभिमतको नतिजा एवं सेवा सुविधाका प्रवाहका विषयमा प्राप्त जन गुनासो तथा सुझावको

व्यवस्थापन

३) स्थानीय निकायको, नीति, कार्यक्रम, बजेट तथा प्रगतिका सम्बन्धमा ।

Skip to toolbar